८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जर्बजस्ती मुछिएको छ : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई ‘जर्बजस्ती’ मुछेको आरोप लगाएका छन् ।

नेता बस्नेतले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि उनले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् ।

उनले सो बयान पछि १६ वटा बुँदामा आफ्ना भनाइहरु राखेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेको स्ट्याटस

१. आज एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परी आए आइजिपी फेरेर भए पनि उहाँलाई आइजिपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।

२. गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजिपीलाई पनि यही केसमा फसाएर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।

३. केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बज्राचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पिए लीला जिसी मार्फत पैसा दिएको जबरजस्त बयान गराइएको थियो ।

४. केशव दुलाल र लीला जिसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन् तर मञ्जु खाँण र आरजु देउवा छानबिनको दायरामा राखिएको छैन ।

७. तिनै केशव दुलाललाई आज प्रहरीले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८. उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन् ।

९. निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पीडित भनिएका कसै सँग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन् ।

१०. सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।

११. आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।

१२. केशव दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्व मन्त्री खाँण र पूर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।

१४. देउवाले आज दिउँसो आफू निकटको व्यक्ति हरूलाई ढुक्क हुनु खाँण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेका छन्

१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रस्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको सङ्केत गरेका थिए ।

१६. रविको पासपोर्टको विषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्यायाधिवक्ता दिनमणि पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयन्त्र चिर्न जरुरी छ र प्रतिवाद गरिनेछ । घेराबन्दी तोडिएको हो र तोडिनेछ ।

प्रतिक्रिया दिनुहोस