२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शरणार्थी प्रकरणका आठ अभियुक्तको बयान सकियो

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म काठमाडौँ जिल्ला अदालतको न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आठ अभियुक्तको बयान सकिएको छ ।

मङ्गलवार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान लिइएको हो ।

यसअघि, आइतबार सन्दीप रायमाझी, टङ्क गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो । त्यस्तै, गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।

यो हप्तामा बाँकी रहेका नौ अभियुक्तसमेतको बयान सकिनेछ । पक्राउ परेका सबैको बयान सकिएसँगै थुनछेक बहस सुरु हुनेछ ।

अब पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सानु भण्डारी, पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्दकुमार चौधरीको बयान बाँकी छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो । ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ सङ्गठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।