२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट दरपिठ

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी ऐनबिना नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतबाट दरपिठ भएको छ ।

वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध जेठ ७ गते नै सर्वोच्चमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रिट पेस गरेका थिए । उक्त रिट १० दिनसम्म पनि न दर्ता भएको थिएन ।

यसरी सर्वोच्चमा रिट पेस भएको १० दिनसम्म पनि कुनै निर्णय नभएको भन्दै रिट निवेदकले बुधबार दिउँसोका लागि पत्रकार सम्मेलन आह्वान समेत गरेका थिए । तर, सर्वोच्च प्रशासनबाट बुधबार बिहानै उक्त रिट दरपिठ भएको छ ।