२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापकलाई ६ महिना कैद सजाय

अ+ अ-

काठमाडौँ । विशेष अदालतले सिरहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता-५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसुर कायम भएको हो।

उक्त विद्यालयका प्रधानाध्यापक वसन्त मण्डल तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामभरोस मण्डललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारुको इजलासबाट यस्तो आदेश भएको हो।

अदालतका अनुसार वसन्त मण्डललाई ६ महिना कैद र १ लाख ४७ हजार रुपैयाँ जरिवाना तथा उति नै रकम बिगो असुलउपर गर्ने अन्तिम आदेश अदालतले गरेको छ। 

उक्त विद्यालयमा छात्रा शौचालय निर्माण गर्न भनी सरकारी अनुदान निकासा भएकोमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। जसमाथि छानबिन गर्दा चार लाख रुपैयाँ हिनामिना भएको भेटिएपछि मुद्दा दायर भएको थियो।