२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीलाई ज्ञानेन्द्र शाहीका ५ प्रश्न !

अ+ अ-

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्रीलाई पाँच वटा प्रश्न सोधेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यस वर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

सांसद शाहीले सोधेका प्रश्न यस्ता छन् :
१. करको दर फाइनल गर्नका लागि जेठ १४ गते राति भन्सार विभागका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ संलग्नताको वास्तविकता के हो ?

२. विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो ?

३. भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?

४. बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको छ । यस्तो किन भयो ?

५. पूर्व कर्मचारी रामकृष्ण श्रेष्ठलाई किन करारमा नियुक्त गरियो ?