२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेटियो सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव 

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशकसहित सुनकोशी नदीमा खसेको गाडी पाँच दिनपछि फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका-७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

गाडीसँगै २ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) राजकुमार सिलवालले बताए । सिलवालका अनुसार सीटीईभीटीका निर्देशक कृष्ण केसी र विद्युत् प्राविधिक भानु पौडेलको शव भेटिएको हो । योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेना, नेपाल प्रहरीलगायतले खोजिरहेका थिए । 

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । 

सम्बन्धित समाचार : सुनकोशीको धार परिवर्तन गरेर सिटिइभिटीका तीन कर्मचारीको खोजी गरिँदै

४ जना सवार गाडीका चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए । 

सम्बन्धित समाचार : सुनकोसीमा खसेको गाडीमा सवार थिए सीटीईभीटीका निर्देशकसहित ४ जना