काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन।
आज काठमाडौँमा आयोजित सहकारीको विद्यमान चुनौती र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिबद्धता लिन आवश्यक रहेको बताए ।
उनले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे । उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरू अपमानित हुनु परेको बताए । सहकारीहरू आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए।उनले सहकारी संस्थाहरूले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए।
सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताए । उनले असजिलो अवस्थामा अवरोध नभई एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।







