काठमाडौँ । एक सय रुपैयाँभन्दा बढीको सामान भारतबाट स्थल मार्ग हुँदै ल्याउनेले अनिवार्य भन्सार जाँचपास गर्नुपर्ने भएको छ ।
भैरहवा भन्सार कार्यालयले सूचना जारी गर्दै एक सय रुपैयाँभन्दा बढीको सामान ल्याएमा अनिवार्य भन्सार कार्यालयको यात्रु शाखामा आएर अनिवार्य जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ । जाँचपास नगराएर सामान लगेमा भन्सार कार्यालयले भन्सार ऐन २०६४ अनुसार चोरी पैठारी कसुरमा कारबाही गर्ने जनाएको छ ।
भैरहवा भन्सार कार्यालयका अनुसार दैनिक रूपमा भारत गएर सामान ल्याउनेले अनिवार्य रूपले भन्सार जाँचपास गराएर भन्सार तिनुपर्ने छ ।
