२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयहरूले पठनपाठनको शैली परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयहरुले पठनपाठनको शैली परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यस्तो धारणा राखेका हुन्।

‘हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रमहरूमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।’ अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसके साधन र स्रोतको सही सदुपयोग हुन नसक्ने पनि उनले प्रस्ट पारे।

विश्वविद्यालय तहको अध्ययन अनुसन्धानलाई सबल बनाउन सरकारले अनुसन्धानका कार्यहरू विश्वविद्यालयमार्फत गराउने निर्णय गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरू आफैँ नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए।

पछिल्ला वर्षहरूमा विश्वविद्यालय स्थापना गर्ने होडबाजी चले पनि शिक्षाको गुणस्तर र विश्वासीयताको प्रश्न खडा भएको उल्लेख गरे ।