२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी सुदूरको पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

अ+ अ-

डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा एक कार्यक्रमका बिच सोमबार घोषणा गरिएको छ ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूणर्खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

डोटीका सबै पालिका घोषणा गरे पश्चात् सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटी जिल्लालाई २०७५ जेठ १९ गते पहिलो पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गएको थियो, सोही वर्षदेखि प्रत्येक वर्ष निरन्तर घोषणा गरिँदै आएको छ ।

नेपालमा सञ्चालन भइरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर जगदीश जोशीले बताए ।

पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरू जन्मेदेखि खोप पाइरहने र बालबालिकाको मृत्युदर धेरै घटेको जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका उप–संयोजक एवं जिल्ला समन्वय समितिकी उप–संयोजक स्मृति चुनारा विकले बताइन । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनु पर्ने उनले बताइन ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिं खड्काले सबै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका करुणाधार बच्चाहरूले सही समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य सञ्चालन गर्नुपर्ने खड्काले बताए ।

डोटी जिल्लामा हाल २३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गते देखी १२ गते सम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

डोटी जिल्लामा १५ महिना सम्मका ४ हजार ४ सय ५ जना बालबालिका मध्य ६ जना शून्य डोज र ३१ जना ड्रपआउट भेटिएका थिए भने १६ महिना महिना देखी ५९ महिना सम्मका ११ हजार ६ सय ६ जना बालबालिकाहरुमध्य १६ जना शून्य डोज १ सय ६६ जना ड्रपआउट र १ सय जना जिल्ला बाहिर गएका समेत प्रमुख मलासीले बताए ।