काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले अर्थमन्त्रीले निर्वाचन कार्यालयहरू खारेज गरेर लोकतन्त्र माथि षड्यन्त्र गरेको टिप्पणी गरेका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद परियारले बजेट प्रस्तुत गर्ने सिलसिलामा अर्थमन्त्रीबाट जिल्ला निर्वाचन कार्यलयहरु खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने व्यवस्था गरेर लोकतन्त्र माथि षड्यन्त्र गरेको बताएका हुन् ।
उनले भने,‘बजेट प्रस्तुत गर्ने सिलसिलामा ८० साल जेठ १५ गते अर्थमन्त्रीबाट जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने व्यवस्था गरियो, लोकतन्त्र माथि भएको यो षड्यन्त्रको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ ।
राजनीतिक आन्दोलनले गरेको व्यवस्थामाथि षड्यन्त्र गर्न नपाइने उनको तर्क थियो ।