१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिन भ्रमणमा रहेको मन्त्री श्रेष्ठद्वारा पाण्डा प्रजनन केन्द्रको अवलोकन

अ+ अ-

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् ।

पाँच दिने चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठले आज (बिहीबार) उक्त प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । सो क्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए । चीनले पाण्डालाई उचित महत्त्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको संख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।

यस्तै गृहमन्त्री श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको आज अवलोकन गरेका छन् । चीनका साथै विभिन्न देशका उद्यमी, व्यवसायीका स्टलमा पुगेर उनले मेला अवलोकन गरेका हुन् । सो मेलामा ५६ देश तथा क्षेत्रका व्यवसायीको सहभागिता रहेको छ । आजदेखि सुरु भएको मेलामा नेपाललेसमेत सहभागिता जनाएको छ । मेला आगामी जुलाई ३ सम्म चल्नेछ ।

नेपालले सन् २०१३ देखि सो मेलामा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय छेन्दु चीनकै व्यापारिक क्षेत्रका रूपमा रहँदै आएको छ । चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको छ । मेलाको उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले लगानी गरेर उचित प्रतिफल लैजान आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस