१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्ध समाजवादी मोर्चाका युवाले अभियान चलाउने

अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध चार दलका युवा सङ्गठनले राष्ट्रियताको रक्षा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । माओवादीको वाइसिएल, एकीकृत समाजवादीको युवा संघ, जसपाको समाजवादी युवा संघ र नेकपाको युवा सङ्गठनले संयुक्त अभियान सञ्चालन गर्ने भएका हुन् । 

वाइसिएल अध्यक्ष सुबोध सिर्पालीले भ्रष्टाचार नियन्त्रण, व्यवस्था विरोधीविरुद्ध वैचारिक प्रतिवाद, युवाका समस्या सम्बोधनलगायत विषयमा संयुक्त रूपमा अगाडि बढ्ने बताए । ‘भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदम स्वागतयोग्य छ । भ्रष्टाचारविरोधी जनमत तयार पार्न हामी लाग्नेछौँ । यसका साथै समाजवादी मोर्चालाई तल्लो कमिटीसम्म विस्तार गर्दै छौँ । हामी छिट्टै सातै प्रदेशको बैठक राखेर युवा मोर्चा विस्तार गर्छौँ,’ उनले भने, ‘युवाका समस्या समाधानका लागि सशक्त भूमिका खेल्नुका साथै व्यवस्थाका विरुद्धमा लागेकाहरूको सामूहिक रूपमा वैचारिक प्रतिवाद गर्नेछौँ ।’ 

अन्तरक्रिया र जनजागरण अभियान सञ्चालन गर्दै अघि बढ्ने युवा संगठन नेपालका अध्यक्ष पाटन सीले बताए । उनले भने, ‘राष्ट्रियताको रक्षा, लघुवित्त र मिटरब्याजीपीडितका समस्या, भ्रष्टाचारविरुद्ध सरकारी कदमसहित युवाका समस्याका विषयमा अन्तरक्रिया र जनजागरण अभियान सञ्चालन गर्दै छौँ,’ सीले भने । समाजवादको लक्ष्यमा पुग्न प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्ने उनले बताए । समाजवादी मोर्चा बनेपछि चार युवा सङ्गठनको दुईपटक बैठक बसेको छ । पहिलो बैठक वाइएसिएलका अध्यक्ष सुबोध सिर्पालीको अध्यक्षतामा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो भने दोस्रो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघका कार्यवाहक अध्यक्ष कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको छ ।

प्रतिक्रिया दिनुहोस