रोम । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४३औं अधिवेशनबाट क्यू डोंग्यु पुन:महानिर्देशक निर्वाचित भएका छन् ।
सन् २०१९ को जुनमा संयुक्त राष्ट्रसङ्घको प्रमुखका लागि पहिलो पटक निर्वाचित भएका क्यू उक्त पदमा सेवा गर्ने पहिलो चिनियाँ नागरिक हुन् ।
पदभार ग्रहण गरेदेखि क्यूले एफएओलाई विश्वव्यापी खाद्य सुरक्षासँग सम्बन्धित चुनौतीहरू सम्बोधन गर्न र विशेष गरी विकासशील देशहरूको खाद्य र कृषि विकासमा योगदान गर्न सक्रिय रूपमा नेतृत्व गरेका छन् ।
उनको प्रयासलाई एफएओका सदस्य राष्ट्रहरूले व्यापक समर्थन गरेका छन् ।
सन् १९४५ मा स्थापना भएको र इटालीको रोममा मुख्यालय रहेको एफएओ खाद्य र कृषिमा सहयोगको नेतृत्व गर्ने संयुक्त राष्ट्रसङ्घको एक विशिष्ट निकाय हो । यस संस्थाले विश्वव्यापी खाद्य र कृषि नीति आदानप्रदान, मानक निर्धारण, सूचना सङ्कलन र तथ्याङ्कमा महत्त्वपूर्ण भूमिका खेल्छ ।