१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाँजा खेती गर्ने कृषकलाई आर्थिक सहायता दिइने

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन भएको प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘इन्द्रावतीका विभिन्न स्थानमा औषधी र कपडा उत्पादनका लागि गाँजा, सनपार्ट तथा लोक्ता उत्पादन हुने गरेको छ । गाँजा प्रयोगमा पालिकाले प्रत्याहन दिन खोजेको होइन । गाँजाबाट बन्ने कपडा उत्पादनमा वृद्धि गर्न पालिकाले कृषकहरूलाई प्रोत्साहन उपलब्ध गराउने तयारी भएको हो ।’

इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियत ऋणसँगै उद्योग दर्ता शुल्क समेत मिनाहा गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।

विदेशबाट फर्किएका युवाहरूलाई शैक्षिक प्रमाण पत्रका आधारमा ५ लाख रुपैयाँसम्म सहुलियत ऋणको दिने व्यवस्था गरिएको उनले बताए । पालिकाले सामूहिक खेती, कृषकहरूलाई उत्पादनमा आधारित भई अनुदान वितरण, दुग्ध उत्पादक कृषकका लागि प्रति लिटर ४ रुपैयाँ अनुदान, एक वडा एक उत्पादन, एक वडा एक नर्सरी, एक वडा एक अग्र्याकिन कृषि फर्म, पशु तथा कृषि बाली बिमा लगायतका कार्यक्रम कार्यान्वयन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस