२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ल्याइयो पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल खोप

अ+ अ-

काठमाडौँ । पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मङ्गलवार काठमाडौँ आइपुगेको हो।

पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापीलोमा भाइरस खोप काठमाडौँ ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ।

९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो खोप कुन जिल्लामा पठाइने भन्ने छलफल भइरहेको शाखाले जनाएको छ ।

विश्व बजारमै कम उत्पादन हुने र महँगो भएकाले यो खोप हाल सरकारले पाइलटिङको रूपमा मात्रै खरिद गरेको शाखाको भनाई छ । शाखाका अनुसार खोप निकै महँगो भएकाले नियमित खरिद गरेर प्रयोगमा ल्याउने अवस्था निश्चित नरहेकाले हाल ट्रायलका लागि ल्याइएको हो।

यसअघि आर्थिक वर्ष ०७७/७८ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाँच करोड मूल्य बराबरको खोप खरिद गरेर ६ हजार बालिकामा लगाएको थियो। एचपिभी भ्याक्सिन बालिकाहरूमा दुई डोजका दरले लगाइनेछ ।