काठमाडौँ । देशभरका अदालतको सेवा प्रभावित हुने गरी ललितपुर जिल्ला अदालतमा भएको वकिल कर्मचारी विवाद सहमतिमा टुंगिएको छ।
असार १३ गते अधिवक्ता अमिर लामिछाने र नासु प्रेमिका तामाङबीच भएको विवाद भएपछि एकले अर्कालाई हातपात गरेको आरोप लगाउँदै आएका थिए।
घटनाको विरोधमा कर्मचारीहरूले देशभर आन्दोलन गरेपछि काउण्टरमा कानुन व्यवसायीहरूले पनि पाटन जिल्ला अदालत पुगेर घेराउ गरेका थिए। उक्त विवाद बिहीबार सात बुँदे सहमति गरेर टुंगिएको छ।
सहमतिका बुँदामा दुवै पक्षले घटनालाई अतिरञ्जित गरेको स्वीकार गरेका छन् भने आइन्दा यस्तो घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाएका छन्। उनीहरूले घटनाबाट सेवाग्राहीमा परेको असरप्रति क्षमायाचना गरेका छन्।
सम्बन्धित समाचार : स्रेस्तेदार र नासुलाई उपत्यका बाहिर सरुवा गर्न नेपाल बारको माग
सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ
सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर
सम्बन्धित समाचार : साधारण तारेखमा रिहा भए नासुलाई हातपात गरेको आरोपमा पक्राउ परेका वकिल
सम्बन्धित समाचार : नासु हातपात प्रकरण : कानुन व्यवसायी उत्रिए प्रदर्शनमा
सम्बन्धित समाचार : नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी
