१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको शुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।

यसैगरी धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय नरेश पञ्जियार, बाँकेको राप्ती सोनारी–५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

यसैगरी सुन सङ्कलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोदसहित सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाह रहेका छन् । प्रहरीले सिरहाका मोहनकुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको खुलेको जनाइएको छ ।

कतारबाट वैदेशिक रोजगारीबाट फर्केका पाँच जनासहित १२ जनालाई आज सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीमा रहेकाहरूले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको अवैध सुन बोकेर ल्याएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकमार केसीले जानकारी दिए ।

उनका अनुसार शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरूलाई परिचालन गर्दै आएको खुलेको र सन् २०१९ देखि उनको खातामा  १ अर्ब ९६ करोडको कारोबार देखिएको छ ।

शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको तथा सिनामङ्गलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोदकुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

तस्करी गर्नेहरूले रु पाँच हजारदेखि १० हजार दिएर वा होटलमा निःशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने पाँच जनाको साथबाट आठ सय २८ ग्राम सुन बरामद भएको प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।

प्रतिक्रिया दिनुहोस