९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने राष्ट्र बैंकको तयारी 

अ+ अ-

काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मङ्गलवार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो ।

प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत नीतिगत दर कायम गरेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरभन्दा २ प्रतिशत भन्दा बढीले तल झरेमा रिभर्स रिपो र ३ प्रतिशत बिन्दु भन्दा बढीले घटेमा निक्षेप सङ्कलन उपकरण मार्फत तरलता खिच्ने बताएको थियो ।

अधिक तरलताको कारण भारित औसत अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेसँगै तरलता खिच्न लागेको हो ।

यसअघि १९ असारमा १० दिन अवधिको लागि रिभर्स रिपो मार्फत राष्ट्र बैंकले २० अर्ब तरलता खिचेको थियो । उक्त रिभर्स रिपोको अवधि नसकिँदै पुनः अर्को रिभर्स रिपो मार्फत तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको २३ असारको तथ्याङ्क अनुसार बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.३१ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस