काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
जसअनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।