७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । करीब एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना कार्गो सञ्चालक पनि पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरिको थियो। विमानस्थलको गेट पास गरेर ट्याक्सी लग्दै गर्दा विभागको टोली सुन बरामद गरेको थियो।

यसमा संलग्न रहेको आरोपमा विभागले दुई जना कार्गो सञ्चालक सहित नौ जनालाई पक्राउ गरिसकेको छ। यसअघि बिहीबार अपराह्न चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए। तिब्बतीयन एअरलाइन्सबाट चीन जान लागेका वेला उनलाई पक्राउ गरी गरिएको थियो।

त्यस्तै, बुधबार राति ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले ट्याक्सीसहित दुई जनालाई पक्राउ गरेको थियो। उनीहरूसँगको अनुसन्धानपछि राति नै विभागले थप चार जनालाई पक्राउ गरेको थियो।

बुधबार पक्राउ पर्नेमा टयाक्सी चालक अशोक रानामगर, भन्सार अजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल छन्। बुधबार राति र बिहीबार पक्राउ परेका सात जनालाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न उच्च अदालत, पाटनले अनुमित दिइसकेको छ।हङ्कङबाट रेडी ट्रेड प्रालिको नाममा सुन आएको खुलेको छ। त्यसका सञ्चालक भुजेल पक्राउ परिसकेका छन्। स्कुटरको ‘ब्रेक शु’को नाममा सुन लुकाएर ल्याइएको थियो।

त्यस्तै, सुन आउँदा विमानस्थल भन्सारमा ड्युटीमा रहेका तीनलाई पनि भन्सार विभागले कारबाही प्रक्रिया अघि बढाइसकेको छ। एक जना नायब सुब्बा र भन्सार अजेन्टलाई निलम्बन गरेको छ भने भन्सार अधिकृतलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। बरादम गरिएको सुनको कति छ भन्ने अझै एकीन भइसकेको छैन। विभागले जोखिरहेको जनाइएको छ।

सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का

सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ

सम्बन्धित समाचार  : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी

सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा

सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू) 

सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा

सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन

सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ

सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद 

प्रतिक्रिया दिनुहोस