८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवाग्राही समस्यामा

अ+ अ-

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दुको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । 

जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दासमेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन । विसं २०६४ मा निर्माण गरिएको ट्रस्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदै आइएको छ । तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

जिल्लामा बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाप बढेको उनको भनाइ थियो। बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताए । विसं २०६४ को अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिले १६ वर्षपछि पनि सोही संरचनामा सेवा दिनु आफैँमा मुस्किल भएको उनको भनाइ थियो । “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ-नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको र संरचना उस्तै छ, यसबाट  सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ”, सूचना अधिकारी सुवेदीले भने ।

जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ ।

जिल्ला अस्पताल भए लगत्तै चार तलको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु दुई करोड अस्पताल भवनका लागि विनियोजन गरेको छ  । र्‍याम्प र ट्रस्ट निर्माणका लागि उक्त रकमबाट काम गर्ने योजना रहेको छ । अन्य काम भने हेचरले नै गर्ने बताइएको छ । उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ ।

दरबन्दी अनुसार छैनन् जनशक्ति

नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दीअनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ । पन्ध्र शय्याको उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ । एकतीस जनाको दरबन्दी भए पनि हाल १३ जनशक्ति मात्रै रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए । दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारी रूपमा प्रदान गर्न सकिने उनको भनाइ थियो । दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस