९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको बलमिचाइँका कारण संसद् रोकियो, एमालेका कारण होइन : महेश बर्तौला

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको बलमिचाइँका कारण संसद् रोकिएको आरोप लगाएका छन् ।

प्रेस चौतारी रुपन्देहीले शनिवार बुटवल गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेका कारण सदन नरोकिएको दाबी गरेका छन् ।

‘प्रतिपक्षले उठाएको मागमा जबरजस्ती गर्न मिल्दैन, एमालेले माग उठाएको हो, संसद् चलोस् भन्ने चाहन्छ, सदनमा उठेका मागमा जबाफदेही बन्नु पर्छ । गठबन्धन प्रतिपक्षसँग मुकाबिला गर्न आएको छ’, उनले भने ।

नेता बर्तौलाले अहिलेको सरकार नेपाली नागरिकको अभिभावक बन्नै नसकेको र सदनलाई पनि त्यहीँ तरिकाले छायामा पारेको बताए ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीले अरूलाई देखाउन, प्रपोगाण्डा फैलाउन विभिन्न काण्डका फाइल खोल्ने धम्की दिँदै गठबन्धन टिकाउने रणनीतिक योजना बनाएको बताए ।

‘सरकारको जिम्मेवार व्यक्तिले अब यो फाइल खोल्ने, अब यो फाइल बन्द गर्ने घोषणा गर्नु गठबन्धन टिकाउने धम्कीबाहेक केही होइन, नभए सरकारसँग जोडिएका पात्रको छानबिन नहुने सहमति त्यसैको उदाहरण हो’, उनले भने ।

नेता बर्तौलाले माधव नेपाल, बाबुराम भट्टराईलाई अदालतले समेत आदेश दिँदा छानबिनमा नबोलाइनु, उपेन्द्र यादवलाई छानबिन नगरी राख्ने सहमति गर्ने र गौर हत्याकाण्डका पीडितसँग अर्को सहमति गर्ने प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने दाउ मात्र रहेको बताए ।

उनले संसद् ठिक ढङ्गबाट सञ्चालन नभएको, कानुन निर्माण गर्ने संसद्लाई सरकारले बिजनेस दिन नसकेको,विपक्षीको माग सम्बोधन नगरेको तर एमालेले सबै काण्डमा छानबिन गर्न बलियो उच्चस्तरीय समिति बनाउन नचाहेर सरकारमा रहेका व्यक्ति चोख्याउने योजना सरकारले बनाएको उनले बताए ।

उनले भने, ‘सुन काण्डमा उच्चस्तरीय संयन्त्र नभए मन्त्रीको संलग्नता भए प्रहरीले कसरी छानबिन गर्न सक्छ, हामीलाई आशङ्का छ, ९ केजी सुन प्रकरणमा महरालाई र उनका छोरालाई किन अनुसन्धान गरिएन, शङ्काको सुइँ यहीँबाट सुरु हुन्छ’, उनले भने ‘ राज्य पूर्वाग्रही भयो, बदलाको भाव राख्यो । कसैलाई बचाउने काममा लाग्यो । अनुहार हेरेर अनुसन्धान लागि दबाब दिइयो । सरकारको प्रभाव नहुने उच्चस्तरीय छानबिन समिति एमालेको बटम लाइन हो ।’

प्रतिक्रिया दिनुहोस