६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम गुणस्तरको दाना उत्पादन गर्ने दुई दाना कम्पनी माथि मुद्दा दायर

अ+ अ-

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

भरतपुर महानगरपालिका–४ मा रहेको पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको कैलाशपति एग्रो प्रालिलाई मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले उनीलाई मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए ।

उनीहरूलाई दाना पदार्थ ऐन २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । उनीहरूलाई यस ऐनअन्तर्गत नगद रु २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद मागदाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिक दानाको नमूना सङ्कलन गरी २८ वटा कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीका लागि कारबाहीका लागि सिफारिस गरिएको छ । चिया र मह उत्पादन गर्ने कम्पनीलाई प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि विभाग पठाइएको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय वटा विभिन्न खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ । अधिकारीका अनुसार तत्काल अनुगमन १६ पटक गरिएको छ । पचासी पटक खाद्य बजार अनुगमन, दाना बजार अनुगमन २४ पटक, होटल अनुगमन ६० वटा, खाद्य उद्योग ५९ वटा, १४ वटा दूध, तेल तथा पानी उद्योग अनुगमन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी कार्यालयले हाटबजार तथा मेला महोत्सवको आठ पटक अनुगमन गरेको छ । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको उनले बताए । स्थानीय पालिकासँगको समन्वयमा गुनासो आएका स्थानको निरीक्षण अनुगमन गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस