२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषध अभियोगमा एक सय तीस जना पक्राउ

अ+ अ-

सिङ्गापुर । सिङ्गापुरका अधिकारीहरूले लागू औषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन् ।

केन्द्रीय लागू औषध नियन्त्रण विभाग(सिएनबी)ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारवाहीमा एक सय तीस ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

सिएनबीले दुई साता लामो कारवाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागूऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धित लागू औषध राखेको अभियोगमा पक्राउ परेकामध्येमा एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन् । सिएनबीले पक्राउ परेका सबै संदिग्धमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

सिङ्गापुर लागू औषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो । उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको छ । हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो । सिङ्गापुरले २० वर्षपछि पहिलो पटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टी इन्टरनेश्नललगायत मानवअधिकारवादी सङ्घसंस्थाले गर्दै आएका छन् । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रेक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताएका छन् ।