२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवाबाहिरका ट्रक चालकलाई पनि केरुङ जान अनुमतिपत्र जारी गर्ने तयारी 

अ+ अ-

काठमाडौँ । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ । अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।

अध्यागमन कार्यालय रसुवाका अनुसार यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको छ ।

अहिले जिल्ला प्रशासनको अनुमतिका आधारमा रसुवाका स्थानीयहरू एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी पास जारी भइरहेको बताइएको छ ।  प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रूपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ ।

एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरूले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए । चिनियाँ पक्षसँग छलफल भइसकेको भन्दै गत साता विभागले अनुमतिपत्र जारी गर्ने तयारी थाल्न परिपत्र गरेको थियो ।

२०७६ चैतमा कोभिड महामारी देखिएपछि नाकाबाट मानव आवतजावत ठप्प भएको थियो । १८ चैत २०७९ मा नेपाल चीन स्थलमार्ग भएर मानिसहरूको आवतजावत खुला गर्न नेपाल र चिनियाँ पक्षबीच समझदारी भएको थियो ।