२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वडा नम्बर २ को वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेतले निःशुल्क दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि गाउँपालिकामा पेश गरेको र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले उक्त दानपत्रबाट जग्गा रजिस्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्टा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने सो रकम रकम भुक्तानी दिएको जनाइको छ । 

वडाध्यक्ष बस्नेत, प्रमुख प्रशासकीय अधिकृत भण्डारी र सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भए बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ । 

उनीहरूलाई छ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी उल्लिखित बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।