९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ : मुख्यमन्त्री जमकट्टेल

अ+ अ-

मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताएका छन् ।

आज मकवानपुरगढी गाउँपालिका-५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताए ।

उनले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताए । मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उनले धन्यवाद समेत व्यक्त गरे । उनले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताए।

माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्यहरू इन्द्रबहादुर बानियाँ, कञ्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउन्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

द कोकाकोला फाउन्डेसनको क्रमागत आर्थिक सहयोगमा यस वर्ष रु. एक करोड ९० लाख लगानीमा महिला होस्टेल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रबन्धक रामशरण पौडेलले बताए ।

सुकौरा एग्रो प्रालिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निःशुल्क भाडामा लिएर माछापालन, कुखुरा, बङ्गुर, गाई भैँसी, तरकारी खेती गर्ने लक्ष्य लिइएको पौडेलको भनाइ छ । “जग्गा १० वर्षका लागि भाडामा लिएका छौँ, यसलाई पछि थप्दै ३० वर्षसम्म गर्ने योजना छ”, पौडेलले भने।

प्रतिक्रिया दिनुहोस