काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका आय सङ्कलन काउन्टरहरु भोलि बन्द हुने भएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै असोज १ गते विश्वकर्मा पूजा भएकाले आय सङ्कलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो । विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन भएको हुँदा उक्त दिन काउन्टरहरु बन्द गर्न लागिएको हो ।
विश्वकर्मा पूजाको खर्च सङ्कलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम सङ्कलनसमेत गरिएको छ ।