काठमाडौँ । सरकारले नेपाली सेनाको सहायक रथीको विशेष पदमा यमबहादुर अधिकारीको दोस्रो पटक पदावधि थप गरेको छ ।
मन्त्रिपरिषद्को गत साता बसेको बैठकले सहायक रथीको विशेष पदमा अधिकारीको दोस्रो पटक पदावधि तीन वर्षको लागि थप गर्ने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको बेला अहिले उनको पदावधि दोस्रो पटकको लागि थप गरिएको हो ।