२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१९औँ एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

अ+ अ-

हाङझाउ (चीन)। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म तीन सय ३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी भारत तीन स्वर्ण, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौँ स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौँ, चाइनिज ताइपेई दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौँ, थाइल्याण्ड दुई स्वर्ण र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वर्ण, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन ।

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । मङ्गलबार पुरुष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् । जुडोमा नेपालबाट पुरुषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

रग्बीमा नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो । मङ्गलबार भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अङ्कले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो ।

यसैगरी तेक्वान्दोमा पनि मङ्गलबार प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए । नेपालका गोविन्दबहादुर आले पुरुष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए। उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २-० अङ्कले पराजित भए । यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन्। महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन्। तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।