२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका लिम्बूको हत्याका मुख्य आरोपीसहित ११ जना सार्वजनिक

अ+ अ-

दमक (झापा) । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।

दमक नगरपालिका-१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका-३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक-७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक-१ का २२ वर्षीय आनन्द भुजेल, दमक-७ कै १८ वर्षीय सवास आलम, दमक-१ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक-१ का २५ वर्षीय नामुद थेवे, २२ वर्षीय राजकुमार भुजेल, २६ वर्षीय आकाश केरुङ्ग, दमक-७ का २३ वर्षीय राहुल श्रेष्ठ, २८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली-४ का ३१ वर्षीय सन्दीप राई, सोही पालिका-३ का ३८ वर्षीय सूर्य केरुङ्ग, ३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए । 

उनले घटनाकै दिन होटेल सञ्चालक कुमालसहित आठ र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी-१ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनअघि दमक-१ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा आरोपी राईले लिम्बूको मुख्य आरोपी राईले घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । 

हत्या लगत्तै उनी फरार थिए र आज खोजतलासका क्रममा संयुक्त प्रहरी टोलीले राईसहित तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।