काठमाडौँ । राजस्व अनुसन्धान विभागले पन्ध्र करोड रुपैयाँ माग दाबीसहित ४ जना विरुद्ध सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले गैह्र कानुनी रूपमा विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ को दफा ९ग(ग) बमोजिमको कसुर गरेको भन्दै १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ मागदावीसहित जिल्ला सिराहा, सिराहा-१७ माडरका प्रेम कुमार यादव, वडा नं.७ बस्ने सञ्जय कुमार साह, वडा नं.१ बस्ने पवन कुमार यादव र नं. १ बस्ने अरुण यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
चारै जनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ को दफा ९ग(ग) बमोजिमको कसुर बमोजिमको कसुरमा सोही ऐनको दफा १७(१) बमोजिमको सजाय माग दाबी गरी जिल्ला अदालत, सिराहामा अभियोग दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिएका छन् ।