९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरला नाका सञ्चालनको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन् ।

तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिएको तर मुस्ताङतर्फ सीमास्थलमै केही पनि निर्माण नभएकाले तत्काल भौतिक संरचना निर्माण गर्नुपर्ने बताए ।

“कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको र यस विषयमा सङ्घ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल गरेका छौँ”, उनले भने, “नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारीसाधन आवतजावत गर्नसक्ने बनाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा नेपालका १४ व्यापारिक नाका सञ्चालन गर्न तयार रहेको चिनियाँ पक्षले जानकारी गराएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाकामा हरेक वर्षको दुई पटक हुने व्यापार मेला सञ्चालन हुन सकेको छैन ।

मुख्यमन्त्री पाण्डेको कोरला नाका भ्रमण टोलीमा सहभागी मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पाण्डेले चिनियाँ पक्षले नाका खुलाउन तयार रहेको कूटनीतिक नोट पठाएपछि गृह मन्त्रालयमार्फत जानकारी आएको र नाका खुलाउन चिनियाँ अधिकारीसँग वार्ता गर्न लागिएको बताए ।

नाकाको ३० किलोमिटर क्षेत्रमा पर्ने ठाउँका बासिन्दालाई परिचयपत्रका आधारमा बाह्रै महिना नाकामा आवतजावत गर्ने व्यवस्था मिलाउने तयारी भएको छ । कोरला नाका सञ्चालन भएमा चिनियाँ सामान आयात र चीनमा सामान निर्यात गर्न सहज हुने तथा व्यापारिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ ।

कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिका क्रममा रहेको छ । सीमानाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो ।

मुख्यमन्त्री पाण्डेसहित सङ्घीय सांसद, प्रदेशसभा सदस्यलगायतले मुस्ताङ जिल्लाको सीमावर्ती क्षेत्रका १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग भेट गरेका थिए । प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्नसक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधि र स्थानीयबीच अन्तरक्रिया भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस