काठमाडौँ । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । उपचारका क्रममा शर्मिला चौधरीको मृत्यु भएको हो ।
केही दिनअघि शर्मिला आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो ।
लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ। लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन्।
घटनाबारे विस्तृत अनुसन्धान भने जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ।