७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई थुनामा पठाउन आदेश

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। 

शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको हो।

पटक-पटक अदालतको अवज्ञा गरेकाले सयुजलाई थुनामा राखेर पुर्पक्ष गर्न अदालतले बताइएको छ ।  

सुरूमा जिल्ला अदालतले सयुजसहित ७ जनालाई धरौटीमा छाडेको थियो। सयुज लगायत आफूमाथि आक्रमण गर्नेहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णयविरुद्ध चलाउने उच्च अदालत पाटन गएका थिए।

उच्च अदालतले २०७७ फागुनमा पाँच लाख धरौटी, एक लाख अन्तरिम क्षतिपूर्ति तिराउन र नतिरे थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशविरुद्ध चलाउने सर्वोच्च अदालत गएका थिए। त्यो बेलासम्म सयुजले धरौटी र अन्तरिम क्षतिपूर्ति बुझाएका थिएनन्। धरौटी बुझाउने म्याद समेत गुजारेका थिए।

सर्वोच्चले अदालतको प्रक्रिया पूरा नगरेको, धरौटी बुझाउने म्याद गुजारेको लगायत कारण देखाउँदै पुर्पक्षका लागि थुनामा राख्न पर्ने वा नपर्ने यकिन गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो। 

त्यहीबीचमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनले धरौटीमा छुटी पाउँ भन्दै निवेदन दिए। उनको निवेदनमाथि न्यायाधीश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिवि विश्वविद्यालयमा कुटपिट भएको थियो। उनीमाथि सयुजसहित सात जनाले कुटपिट गरेका थिए।

 कार्यान्वयन नगर्न अन्तरिम आदेशदिएसँगै उपप्राध्यापक चलाउनेले अनसन पनि स्थगित गरेका थिए।

प्रतिक्रिया दिनुहोस