२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोली ठुलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुल्दै, कुन सेवामा कति ? 

अ+ अ-

काठमाडौँ । बुधवार(भोली) सहसचिव र उपसचिवको विज्ञापन हुँदैछ । लोक सेवा आयोगले नियमित कार्य तालिका अनुसार असोजको अन्तिम बुधवार सहसचिव र उपसचिवको विज्ञापन गर्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग सख्या लोक सेवा आयोगमा पठाई सकेको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गर्न लागेको छ । प्राप्त विवरण अनुसार सबैभन्दा धेरै नेपाल प्रशासन सेवातर्फ सहसचिव ४२ र उपसचिव १४३ जनाको विज्ञापन हुँदैछ । 

यसै गरी नेपाल इन्जिनियरिङतर्फ सहसचिव २१ जना र उपसचिव ३६ जना, नेपाल वन तर्फ सहसचिव ४ र उपसचिव ६, नेपाल आर्थिक योजना तथा तथ्याङ्क तर्फ सहसचिव १ र उपसचिव १० जना र नेपाल कृषि सेवा तर्फ सहसचिव ६ र उपसचिव २२ जनाका लागि दरखास्त आव्हान हुँदैछ । 

त्यस्तै नेपाल शिक्षा सेवातर्फ सहसचिव २ जना र उपसचिव १६ जना, नेपाल परराष्ट्र सेवामा सहसचिव र उपसचिव चार/चार जना, नेपाल लेखा परीक्षण तर्फ सहसचिव पाँच र उपसचिव १२ जना र नेपाल विविध सेवातर्फ उपसचिवमा ६ जनाका लागि विज्ञापन हुन लागेको प्रशासन सिंहदरवार खास स्रोतले जानकारी दिएको छ ।