२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल युद्ध प्रभावित नेपालीका लागि राहत प्याकेज ल्याउन माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले इजरायलमा युद्धबाट प्रभावित नेपालीहरूको लागि सरकारले राहतका प्याकेज ल्याउनु पर्ने बताएका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनकै बिचमा एक शोक सभाको आयोजना गर्दै उनले युद्धमा ज्यान गुमाएका नेपालीहरूको शवहरू परिवारसम्म पुर्‍याउन, पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको समुचित व्यवस्था मिलाउन माग गरेका हुन् ।

सचिव विश्वकर्माले शोक वक्तव्य समेत जारी गरेका छन्। शोक वक्तव्यमा हमासले इजरायलमाथि गरेको आक्रमणमा परी ज्यान गुमाएको घटना प्रति दुख व्यक्त गरिएको छ ।

उक्त घटनामा नेपालबाट अध्ययनको लागि इजरायल गएका १० जना नेपालीको मृत्यु भएको थियो । मृतक १० जना मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका हुन् ।

१० जनाको तस्बिरमा फूल र अबिर मार्फत श्रद्धाञ्जली समेत दिइएको थियो । उक्त अमानवीय, आततायी नरसंहारकारी घटनाको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले निन्दा र भर्त्सना गरेको छ ।