काठमाडौँ । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ ।
२३ असोजको निर्णयअनुसार गृह मन्त्रालयले दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा गरिएको छ भने सर्लाहीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई उठाएर बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
सूची :
