२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व गाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अ+ अ-

अन्नपूर्ण (कास्की)। बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका हुन् ।

उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्थे । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनले बझाङको साबिकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए ।

यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झे ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उहाँलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । ‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो’, उनले भने, ‘पार्टीले टिकट दिएन अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागे ।’

उहाँलाई पूर्व गाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । ‘म त पूर्व जनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु’, उनले भने, ‘काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।’

धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिन्छन् । उनी दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आएका हुन्। ‘दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ’, उनले भने, ‘मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।’

सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउने उनको योजना छ । ‘सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।’ उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य रु २५ हजारदेखि ५० हजारसम्म मूल्य तोकेका छन् ।

उनले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्छन् । यो व्यापारबाट उनले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उनले बताए । ‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरूको सेवा पनि गरे’, उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ता उस्तै लागेको छ ।’ अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उहाँ पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा छन् ।