९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ बिदामा सौराहाका होटेल भरिभराउ

अ+ अ-

भरतपुर । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटेल भरिभराउ भएका छन्। दसैँअघि सुनसान रहेका होटेल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्।

सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्। दसैँ सुरु भएपछि अधिकांश होटेल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्।

क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निराश पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताए।

“दसैँअघि सौराहा सुनसान जस्तै थियो”, उहाँले भन्नुभयो, “पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन्।” देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताए।

उनले दसैँपछि सौराहाका सबै होटेल पर्यटकले भरिभराउ भएको जानकारी दिए।

आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनःपुरानै लयमा फर्काउने राम्रो सङ्केत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गाना बताउँछन्।

उनले दसैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए।

दसैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ। शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो। सौराहाको ड्यामसाइटका रेष्टुरेन्ट तथा होटेल भरिभराउ थिए।

होटेल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताए।

उनले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साहा थपेको बताए। उनका अनुसार रसिया, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन्।

पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ। सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ।

दसैँका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिभराउ देखिन्छ। आन्तरिक पर्यटक मिता आचार्य दसैँ बिदाको समय पारेर सौराहा घुम्न आएको बताए।

उनले सौराहामा रहँदा निकुञ्जमा जीप सफारी र राप्ती नदीमा ढुङ्गा सयर गरेको बताए। पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक पर्यटक मात्र होइन अहिले विदेशी पर्यटक पनि सौराहामा देखिन थालेका छन्।

पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाका पर्यटनमा स्तरीय होटेलको अभाव खड्किदै गइरहेको छ। त्यही अभावलाई पूर्ति गर्न विदेशी पर्यटकलाई लक्षित गर्दै सिद्धार्थ भिलासा वनबासजस्ता रिसोर्ट पनि खुलेका छन् भन्ने अन्य खुल्ने तयारीमा छन्।

सौराहा वरपर साना तथा ठुला गरेर एक सय ५० होटेल रहेका छन् भने ५० भन्दाबढी रेष्टुरेन्ट रहेका छन्। सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै डुङ्गा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन्।

प्रतिक्रिया दिनुहोस