२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गत वर्ष सडक दुर्घटनाबाट १ लाख ६८ हजार ४९१ जनाको मृत्यु

अ+ अ-

नयाँदिल्ली । भारतमा गत वर्ष भएका सडक दुर्घटनामा परी १ लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । उक्त वर्षमा ४ लाख ४३ हजार ३६६ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

भारतको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ ।

घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२२ मा ४ लाख ६१ हजार ३१२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये १ लाख ५१ हजार ९९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, १ लाख ६ हजार ६८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी २ लाख २ हजार ६३३ वटा अन्य सडकमा भएका थिए ।

‘सन् २०२२ मा १८ देखि ४५ वर्ष उमेर समूहका ६६.५ प्रतिशत युवा पीडित भएका छन्’, प्रतिवेदनमा भनिएको छ ।

सडक दुर्घटनाबाट हुने मृत्युको ८३.४ प्रतिशत १८ देखि ६० वर्ष उमेर समूहका छन् । प्रतिवेदनले तीव्र गति, लापरबाहीपूर्वक गाडी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्ने जस्ता दुर्घटनाका कारक तत्वलाई सम्बोधन गर्न व्यापक दृष्टिकोण अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘हामीले कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन, चालक शिक्षा र प्रशिक्षण कार्यक्रमहरू बढाउन र सडक तथा सवारीसाधनहरूको अवस्था सुधार गर्न लगानी गर्न महत्त्वपूर्ण छ ।’

भारतमा अत्यधिक भार, सडकको खराब अवस्था र लापरबाहीपूर्वक गाडी चलाउँदा घातक सडक दुर्घटना हुने गरेको छ । भारत सरकारले सन् २०२४ सम्ममा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।