१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित 

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डमाथि १९० रनको फराकिलो जित निकालेको छ । 

बुधबार भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३५।३ ओभरमा १६७ रनमै समेटियो । 

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । विल योङले ३३ र डार्यल मिचेलले २४ रन थपे । यसबाहेक, न्युजिल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशव महारेजले चार विकेट लिए । मार्को जान्सेनले तीन, गेराल्र्ड कोएट्जीले दुई र कगिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि ओपनर क्विन्टन डी कक र रसी भान डेर डुसेनको शतकप्रेरित दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङमा आएर निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३५७ रनको योगफल खडा गरेको थियो ।

दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनले १३३ रन बनाए । उनले ११८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि ओपनर क्विन्टन डी ककसँग २०० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको बलियो आधार खडा गरेका थिए । डी ककले ११६ बलमा १० चौका र तीन छक्कासहित ११४ रन बनाए । 

यसबाहेक, डेविड मिलरले ५३, कप्तान टेम्बा बवुमाले २४ हेन्रिक क्लासेनले १० रन थपे ।

न्युजिल्यान्डका टिम साउदीले दुई विकेट लिए । ट्रेन्ट बोल्ड र म्याट हेनरीले समान एक विकेट लिए ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस