९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

अ+ अ-

वालिङ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब रु. १५ लाख भेटी सङ्कलन भएको छ ।

वालिङ नगरपालिका-८ र गल्याङ नगरपालिका-१० को सङ्गम स्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्र’मा रहेको भगवती तथा कालिका मन्दिरमा भेटीस्वरुप उक्त रकम सङ्कलन भएको हो । यो भेटी गत वर्षको सोही अवधिको भन्दा दोब्बर हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रताप खाणका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा मन्दिरमा विभिन्न शीर्षकबाट भेटी सङ्कलन भएको हो । गत वर्ष बडादसैँको अवधिमा रु. आठ लाख १६ हजार भेटी सङ्कलन भएको थियो । मन्दिरमा चढाइएको भेटी, पाठा तथा पाडाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दानपेटिका, होटेल, पसल तथा सहयोग रसिदबाट उक्त भेटी सङ्कलन भएको हो ।

बडादसैँको अवधिभर पूजापाठ गर्ने पण्डित तथा पुजारीलाई दक्षिणा रु. ७० हजार ६५, कामदारलाई पारिश्रमिक रु. एक लाख ७१ हजार तीन सय, पूजा भोग वस्तु खरिद रु. ६६ हजार चार सय ६०, अन्य दान दक्षिणा, खाना खर्च, इन्धन तथा मसलन्द गरी सबै शीर्षकमा कुल रु तीन लाख ७० हजार दुई सय पाँच खर्च भएको छ । सबै खर्च कटाएर रु. ११ लाख १० हजार बचत भएको उनले बताए ।

तत्कालीन बाइसे÷चौबीसे राज्यअन्तर्गतको गह्रौँकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको सो मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको यस मन्दिरमा नयाँ-नयाँ भौतिक संरचना निर्माण भइरहेकाले थप आकर्षण बढ्दै गएको छ । स्याङ्जाको व्यापारिक केन्द्र वालिङ बजारबाट मन्दिरसम्म पुग्नका लागि पछिल्लो समय आंशिक रूपमा सडक कालोपत्र, ढलान तथा ग्राभेल गरिएको छ ।

विशेष गरी बडादसैँ र चैते दसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस र परेवाको बलि दिने गरिन्छ । एकादशी, चौथी, औँसी, सोह« श्राद्धबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बाग्लुङ, तनहुँ, बुटवल, पोखरालगायत स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् ।

समुद्र सतहबाट झण्डै एक हजार छ सय मिटरको उचाइमा रहेको यस स्थानबाट मनमोहक हिमशृङ्खलासहित नागबेली आकारमा बहेका कालीगण्डकी र आँधीखोला तथा ती नदीले बनाएका समथर भू-भाग देख्न सकिन्छ । यहाँबाट स्याङ्जासहित, पाल्पा, तनहुँ, नवलपरासी, नवलपुर, कास्की, पर्वत, गुल्मीलगायतका जिल्लाका भाग सहजै देख्न सकिन्छ । यस ठाउँलाई पछिल्लो समय पर्यटनसँग पनि जोड्दै अगाडि बढ्ने क्रममा सुविधा सम्पन्न अतिथि गृह, सभा हल, हेलिप्याड, ढुङ्गे धारालगायतका भौतिक संरचना निर्माण भइसकेका छन् । वालिङ बजारबाट झण्डै आठ किलोमिटरको कच्ची सडक हुँदै यहाँ पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस