२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङले भने, “हाम्रा अग्रजले मान्दै आएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागिपरेका छौँ ।”

उनले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए। यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ । चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ ।

उनले भने, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।”

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ ।