२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिमाथि आ-आफ्नै नियम ! देउसी भैलोमा समय तोक्नु सरकारको कमजोरी

अ+ अ-

काठमाडौँ । तिहारमा खेलिने देउसी भैलोलाई लिएर विभिन्न निकायबाट विभिन्न सूचना जारी भएका छन् । मौलिक रूपमा खेलिने देउसी भैलोलाई मर्यादित बनाउने र संरक्षण गर्ने भन्दा पनि समयको पावन्दी लगाएर आ-आफ्नै नियम लाद्न खोजिएको छ ।

भड्किलो पारामा देउसी भैलो खेल्ने प्रवृत्ति बढेको भन्दै स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले समय तोकेर आ–आफ्नै नियम बनाएका हुन् । काठमाडौँको हकमा कुरा गर्ने हो भने काठमाडौं महानगरपालिकाले राति १ बजेसम्म देउसी भैलो खेल्न सकिने गरी स्वीकृति प्रदान गरेको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले अरूको अधिकार हनन् नहुने गरी चौबीसैं घण्टा देउसी भैलो खेल्न स्वीकृति दिएको छ । काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताए । प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ललितपुरले तिहारमा देउसी भैलोको कार्यक्रम मर्यादित भएर गर्न भनेको छ भने जिल्ला प्रशासन कार्यालय भक्तपुरले चाडपर्व मनाउँदा सभ्य, भव्य र व्यवस्थित रूपमा जिम्मेवारीपूर्वक मनाउन अनुरोध गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय डोटीले भने जिल्लामा देउसी भैलो लगायतका सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू राति १० बजेसम्म मात्र गर्न/गराउन सूचना जारी गरेको छ । रुपन्देहीकै कुरा गर्ने हो भने बुटवल उपमहानगरपालिकाले देउसी भैलो खेल्नेलाई चन्दा बापद् बढीमा एक हजार एक सय रुपैयाँ मात्र लिने दिने गर्न नगरबासीलाई अनुरोध गरेको छ ।

यी त उदाहरण मात्र हुन् । यसरी फरक–फरक निकायबाट देउसी भैलोका बारेमा फरक–फरक सूचना जारी हुँदा देउसी भैलो खेल्नेहरू अन्यौलमा परेका छन् । प्रशासनको सूचनालाई आधार मान्ने कि स्थानीय सरकारको सूचनालाई आधार मान्ने उनीहरूको प्रश्न छ ।

माओवादी द्वन्द्व र पछिल्लो समय कोरोना महामारीले देउसी भैलो खेलिने समय प्रभावित बनेको थियो । तर, अहिले त्यो परिस्थिति छैन । परिस्थिति सहज बने पनि चाडपर्वलाई लिएर विभिन्न निकायले आ–आफ्नै तरिकाले सूचना जारी गरेको प्रति विभिन्न पक्षले असन्तुष्टि जनाएका छन् ।

संस्कृतविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाममा देउसी भैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाए । यो व्यवस्था र सरकारको कमजोरीको उपज भएको उनको भनाइ छ ।

उनले भने, ‘चाडपर्वलाई संयमित बनाउने र शान्ति सुरक्षा दिने दायित्व सरकारको हो । संयमित बनाउन सक्दैनन् । संरक्षण गर्न सक्दैन । छाडा प्रवृत्ति फैलिएको छ । अनि बार लगाउँछ । यो राम्रो भएन ।’

देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले त्यसको मौलिकताको निरन्तरताका लागि सबै सचेत हुनुपर्ने सुझाव दिए । संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने दायित्व जनताको पनि भएको उनको भनाइ छ ।