२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटकमाथिको प्रतिबन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : सामाजिक सद्भावका लागि सामूहिक निर्णय

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमाथिको प्रतिबन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा गरिएको दाबी गरेका छन् ।

नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।

‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रूपमा पनि सबभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहन्छु ।’ उनले भने ‘जति निर्णय गरिएका छन् । यो बहस त हुँदै जाला । यसमा विमतिहरू पनि होलान् ।’ अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ ।

‘नेपालमा विकृति विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरूको चित्त बुझेको छैन । छलफल हुँदै जाला ।कन्भिन्स हुँदै जाने प्रक्रिया होला । ’

त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रूपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।