२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई देश छाड्न प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार अभियोग सामना गरिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसहित २८ जनालाई सरकारले देश छाड्न प्रतिबन्ध लगाएको छ । त्यहाँको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री इमरान खान र अन्य २८ जनाको नाम ‘एग्जिट कन्ट्रोल लिस्ट’ ईसीएलमा राख्न सिफारिस गरेको हो ।

भ्रष्टाचार मुद्दामा उनको संलग्नता रहेको भन्दै सरकारले यस्तो सिफारिस गरेको जनाइएको छ । संघीय मन्त्रिपरिषद्को उपसमितिले अल–कादिर ट्रस्ट मामिलामा पीटीआई पार्टीका प्रमुख इमरान खान र अन्य २८ जनाको नाम ईसीएलमा राख्न सिफारिस गरेको देशको प्रमुख अखबारले आफ्नो रिपोर्टमा जनाएको छ ।

पूर्वप्रधानमन्त्री इमरान र उनकी पत्नी बुशरा बीबीले खान नेतृत्वको सरकारको समयमा बेलायतले पहिचान गरेको पचास अर्ब रुपैयाँ अपचलन गर्न बहरिया टाउन लिमिटेडबाट अर्बौं रुपैयाँ र सयौं कनाल जग्गा अधिग्रहण गरेको मुद्दामा आरोप छ ।

इमरानलाई यस वर्षको सुरुमा इस्लामावाद हाईकोर्टको परिसरबाट पक्राउ गरिएको थियो । तर सर्वोच्च अदालतले उनको गिरफ्तारीलाई गैरकानुनी घोषणा गरेपछि उनलाई रिहा गरिएको थियो । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान हाल गोप्य कूटनीतिक केबल (साइफर) चुहावटको मुद्दामा अदियाला जेलमा छन् । उनलाई नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले १४ नोभेम्बरमा अल–कादिर ट्रस्ट मुद्दामा फेरि पक्राउ गरेको थियो ।

संघीय मन्त्रिपरिषद्को उपसमितिको बैठकमा अन्तरिम गृहमन्त्री सरफराज बुग्ती र अन्य विभागका अधिकारीहरू सहभागी भएको देशको गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको छ । समितिले विभिन्न विभाग र संस्थाले पठाएको ४१ जनाको नाम ईसीएलमा राख्न सिफारिस गरेको छ । एनएबीको सिफारिसमा इमरान खानसहित २९ जनाको नाम ईसीएलमा राख्न सिफारिस गरिएको छ ।

यसबाहेक १३ वटा मुद्दालाई ईसीएलबाट हटाउन पनि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । अदालतले सात जनाको नाम ईसीएलबाट हटाउन माग गरेको छ । उक्त सिफारिसलाई स्वीकृतिका लागि सङ्घीय मन्त्रिपरिषद्मा पठाइएको पनि उनले बताए ।