८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरूले देश बनाउन सक्दैन, सरकारबाट एमाले हटेपछि देश कङ्गाल बन्दैछ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आव्हान गरेको मिसन ०८४ देशको समृद्धि र विकासका लागि भएको बताएका छन् ।

पार्टीले मंसिर १४ गतेबाट सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत मंसिर २० गते गुल्मीको वामीटक्सारमा बुधबार साँझ आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘मिसन ०८४ एमालेका लागि होइन देशको समृद्धिका लागि, विकास लागि हो । एमाले विकासको काम गर्ने पार्टी हो जनताको पार्टी भन्ने विगतमा काम गरेर देखाएकोले सबै शक्ति एमालेविरुद्ध लाग्दा पनि पहिलो शक्ति बनेका छौँ, अहिलेको अपार समर्थन पाएका हौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने दाबी गरे ।

‘हामी बनाउँछौँ हाम्रो देश, त्यसका लागि एमालेले नेतृत्व गर्नेछ तराईको मेचीमहाकाली यात्रा सकेर मध्यपहाडी यात्रा थालेका हौँ, जनताको वास्तविक अवस्था बुझेर, सुझावहरू सङ्कलन गरेर आगामी यात्रा तय गर्नेछौँ’, उनले भने ।

अध्यक्ष ओलीले भने ‘एमालेबाहेक अरूले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो सम्भव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ । सरकारबाट एमाले हटेपछि देश कङ्गाल बन्दै गएको छ, अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो ।’

उनले सभामा सहभागी नेताकार्यकर्तालाई आग्रह गर्दै भने, ‘आन्तरिक एकता गरेर पार्टीलाई जनताको काममा प्रतिबद्ध भएर लाग्नुस्, लुम्बिनी आन्दोलनको केन्द्र हो, ०७ सालदेखि यहाँको राष्ट्र भावको प्रतिनिधित्व गरिरहेको इतिहास छ । एमालेले पनि यहाँबाट त्यो साथ पाइरहेको छ अब पनि पाइरहने छ ।’

ओलीले देश अत्यन्तै अफ्ठेरो अवस्थामा पुगेको बताउँदै खाली आयात मात्रै गरिरहेको र निर्यात केही नभई रहेको अवस्थामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘अब ढिलो नगरौँ, एमालेले देशको आर्थिक समृद्धिका लागि जुटिरहेको छ । यसमा नेपाली जनताको साथ चाहिएको छ ।’

प्रतिक्रिया दिनुहोस