२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋणीको धम्कीप्रति इन्भेष्टमेन्ट मेगा बैंकले भन्यो : सामाजिक सञ्जालको प्रयोग गरेर गलत प्रचार गरियो

अ+ अ-

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा बास्कोटा कृषि तथा पशुपालन प्रा.लि.का राजेश बास्कोटाले सामाजिक सञ्जालको प्रयोग गरी बैंकविरुद्ध गलत प्रचार गरेको जनाएको छ । 

बैंकद्वारा जारी विज्ञप्तिमा बास्कोटाले बैंकिङ्ग सेवा प्रवाहमा नै अवरोध पुर्‍याउने कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । बैंकबाट ऋण लिएका बास्कोटाले यसअघि बैंकका म्यानेजर राहुल चक्रवर्ती र दिनेश पनेरुलाई अपहरण गर्ने धम्की दिएका थिए ।

सम्बन्धित समाचार : अपहरण गर्ने धम्कीपछि तनावमा बैंकका कर्मचारी

बास्कोटाले बैंकले स्वीकृत गरे अनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट वञ्चित गरिएको, बैंकले व्यवसाय नै बन्द गराएको जस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाइएको भनी बैंक विरुद्ध प्रचारबाजी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बास्कोटाले बैंकको कर्मचारीहरूलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमा नै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काई दिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरी बैंकिङ्ग सेवा प्रवाहमा नै अवरोध पुर्‍याउने कार्य गरेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । 

बैंकले बास्कोटाको दुईवटा कर्जामध्ये एउटा कर्जा पूर्ण रूपमा प्रवाह भइसकेको जनाएको छ । अर्को कर्जा परियोजना आधारित रहेको र आंशिक प्रवाह भएको अवस्थामा कर्जाको सर्तअनुसार ऋणीको परियोजनाको प्रगति नभएकोले स्वीकृत गर्दाका सर्तअनुसार नै थप कर्जा नभएको बैंकले जनाएको छ ।

बैंकले घटनाको बास्तविकताबारे विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

सम्बन्धित समाचार :  बैंकका कर्मचारीमाथि धरपकडको निन्दा